एउटी बुढी थिइन् । उनको एउटा छोरो थियो
। उसलाई
DV परेर अमेरिका गएको थियो । एकदिन छोराले फोन गरेर
भन्यो:”आमा म नPAल आउँदैछु ।” छोराको कुराले आमा असाध्यै खुशी भइन् । छोरो आउने दिन गन्न थालिन् ।
एकदिन छोरो आयो । आमा खुशी भइन् । केहि दिनपछि छोराले
भन्यो:”आमा अब यो नेपालको सबै सम्पत्ती बेचेर हामी अमेरिका जानुपर्छ ।” आमालाई
आफ्नो पुर्ख्यौली सम्पत्ती बेच्ने मन त थिएन तर
आफ्नो मुटुको टुक्रा छोरा नै अमेरिका भए पछि
छोरैसँग उतै जान्छु भन्ने बिचारले बेच्ने मञ्जुरी दिइन् । सबैसम्पत्ती बेचेपछि छोराले भन्यो: आमा आज हामी अमेरिका जानुपर्छ । छोराले आमालाई एयरपोर्ट लिएर गयो । एयरपोर्टमा गएर प्रतिक्षालयमा बसाउँदै भन्यो: आमा तपाई एकैछिन बस्दै गर्नु म टिकट लिएर
आउँछु । यति भनेर छोरो भित्र गयो । आधा घण्टा भयो छोरो
आएन ।

SON-CRYING-IN-MOTHERS-ARMS-TP-72 घन्टा बित्यो 5 घन्टा बित्यो छोरो आएन ।
अझै छोरो आउनेआशमा बसिरहिन्
।रातको 12 बजिसक्यो तैपनी छोरो आएन ।
एउटा एयरपोर्ट कर्मचारी आएर भन्यो: आमा
तपाई धेरै बेर देखि यहि बसेको देखेको छु । किन बस्नु
भाको कोही बिदेशबाट आउँदैछ र ? बुढी: होइन
बाबु ।मेरो छोरो अमेरिका जानको लागि टिकट
काट्न गाछ ।
उसैलाई कुरेर बसेको । कर्मचारी: अमेरिका?
अमेरिका जाने प्लेन
त 3 बजे नै गइसक्यो । तपाईको छोराको नाम के
हो ?बुढीले छोराको नाम भनेपछि कर्मचारीले अमेरिका जाने
लिष्टमा चेक गरेर भन्यो: आमा तपाइको छोरो
त 3 बजेको प्लेनमा गइसक्नु भएछ । कर्मचारीको कुरा सुन्ने बित्तिकै बुढी केही बोल्न सकिनन् । आँखाबाट आँशु मात्र
खसिरह्यो ।

images
एकोहोरी भइन् । उनी त्यहाँबाट हिडिन् । घर
जाउँ घर छैन अब बाँचेर के गर्नु भनेर नदिमा हाम्फालेर आत्महत्या गरिन् ।
केहि समय पछि हल्ला सुनियो त्यो बुढीको छोरो पनि
अमेरिका ठूलो दुर्घटना परि मर्यो रे।
मोरल: आमा बुबा भगवान हुन उहाँ हरुलाइ कहिले दुख दिन हुन्न ।

Advertisements