प्रेम प्रतिबद्धता पत्र !
(पहिलो प्रेम प्रस्ताव असफल भएपछि दोस्रो
प्रयासको सफलताको लागि ‘अविरल अधिकारी ’को प्रेम प्रतिबद्धता पत्र ।)
“अग्रगामी निर्णय, स्थिर सम्बन्ध र समृद्ध
जिवन ।”
प्रिय!
म तिम्रो मन जित्ने दोस्रो प्रयास गर्दैछु ।
कसैलाइ प्रेम प्रस्ताव पटक पटक गरिने कुरा
होइन । तर मैले पहिलो प्रस्तावमा तिम्रो मन
जित्न नसकेका कारण दोस्रो प्रयासमा
जाँदैछु । आखिर पहिलो प्रस्ताव तिमीले
किन स्विकार गर्न सकिनौ ? यसको
असफलताको निम्ति कुन व्यक्ति, पार्टि र
शक्ति जिम्मेवार छ ? अब पनि तिमीले
स्विकार गरिनौ भने के हुन्छ ? तिम्रो मन
जित्ने अर्को कुनै बाटो छ कि ? तिमी
सार्वभौम सम्पन्न प्रेमिकालाइ म प्रश्न गर्न
चहान्छु । तिम्रो मायाको प्रबल दाबेदार
भएर पनि तिम्रो मन जित्न नसक्दा म
लज्जित छु र मैले गरेका गल्ति र
कमिकमजोरीका लागि माफी माग्न
चहान्छु । आगामी दिनमा गल्ति सच्याउने
वाचा गर्दै आफ्नो तर्फबाट सत्यतथ्य तिम्रो
सामु राख्ने अनुमति चहान्छु ।
यस क्रममा तिमी फेरी आफ्नो ब्वाइफ्रेन्ड
आँफै रोज्ने ऐतिहासिक घडीमा उभिएकी
छ्यौ । तिम्रो जिवनको अग्रगामी
परिवर्तनका लागि आजसम्म भएका सबै
कार्यको नेतृत्वदायी भूमिका मेरो नै छ ।
मेरो त्यागहरुको जगमा उभिन लागेको यस
सम्बन्धले हाम्रो जिवनलाइ नयाँ
दिशानिर्देष गर्नेछ । मेरो निती र
कार्यक्रमबारे म तिमी समक्ष प्रस्तुत गर्न
चहान्छु । म निती, योजना र कार्यक्रम
घोषणा मात्र गर्दिन, कार्यान्वन गरेरै छोड्ने
प्रतिबद्धता गर्दछु ।
नयाँ सम्बन्ध बारे मेरा प्रतिबद्धताहरु:-
१.सामन्ति अन्धप्रेमी र बुर्जुवा
आत्मसमर्पणवादी प्रेमीको विपरीत मेरो
प्रेम समयानुकुल र प्रगतिशील हुनेछ ।
२.सहभागिता र स्वतन्त्रताको प्रत्याभूती
गरिने छ । मूल कानुन बाहेक अरु आचार
संहितामा बाँधिने छैन ।
३.तिम्रो पहिचान र सार्वभौमिकताको
ग्यारेन्टी गरिने छ । अधिकार सुसम्पन्न गरिने
छ ।
४.जनमुखी, स्थिर र सुशासनयुक्त वातावरण
बनाइने छ । निरंकुश शासन लादिने छैन ।
५.शक्तिसन्तुलन र जिम्मेवारी बाँडफाँडमा
विशेष ध्यान दिइने छ । समान शक्ति र
जिम्मेवारी प्रदान गरिने छ ।
६.घर धर्म, जात, क्षेत्र, वर्ग, भाषा निरपेक्ष
रहने छ । धर्म, क्षेत्र र जातको आधारमा प्रेम
गरिने छैन । ईच्छा अनुसारको भाषा(सभ्य)
बोल्न पाइने छ । पोषाकमा कुनै रोकटोक हुने
छैन ।
असल ब्वाइफ्रेन्डको मोर्चाबाट गर्ने
कामबारे मेरो प्रतिबद्धताहरु:-
१.व्यक्तिगत हित संरक्षण र अन्तर्व्यक्तिय
सम्बन्ध: वर्तमान भूमण्डलीकृत
साम्राज्यवादको बोलवाल रहेको समाजमा
तिमी प्रति दुर्भावना राख्नेको
बाहदुरीपूर्वक प्रतिकीर गरिने छ ।
अन्तर्व्यक्तिय नितीमा पन्चशीलको
सिद्धान्त अक्तियार गरिने छ । सबैसँग
सन्तुलित र समदुरीको सम्बन्ध बनाइने छ ।
२.शान्तिसम्झौता: विगतमा हामी विच
भएका सबै द्वन्दको अन्त्य गरि मेलमिलापको
निती पालना गरिने छ ।
३.स्थिर र भ्रष्टाचारमुक्त सम्बन्ध: सम्बन्धमा
स्थिरता ल्याएर ब्रेकअपको जोखिम
न्यूनीकरण गरिने छ । आय र खर्चको स्रोत
पारदर्शी हुने छ ।
४.आर्थिक विकास: आम्दानी सबै तिम्रो
पर्समा संचिकृत हुनेछ भने खर्च सबै मेरो
पर्सबाट गरिने छ । तिम्रो सपिन्गको र
रेष्टुरेन्टको बिलको भुक्तानीको
जिम्मेवारी मेरो हुनेछ । तिम्रो पर्समा
मासिक ४ अंकको आर्थिक वृद्धदर कायम
गरिने छ ।
५.शिक्षा: तिम्रा सबै गृहकार्य, नोट्स,
प्रिजेन्टेसन, असाइन्मेन्टको जिम्मेवारी मेरो
हुनेछ । तोकिएको समयमा बढो
कौशलतापूर्वक पूरा गरिने छ ।
६.स्वास्थ्य: तिम्रो स्वास्थ्यको विशेष
ख्याल राखिने छ र पानीपुरी, चटपटजस्ता
सडेगलेका र स्वस्थ्यमा गम्भिर संकट ल्याउने
खाले खानेकुरा खानबाट तिमीलाइ
प्रतिबन्ध गरिने छ ।
७.यातायात: तिमीलाइ कलेज लैजाने र घर
ल्याउने जिम्मेवारी मेरो हुनेछ । र पन्चवर्षय
योजना अन्तर्गत तिम्रो लागि एउटा स्कुटी
खरिद गरिने छ ।
८.सूचना तथा संचार: तिम्रो मोबाइलमा
ब्यालेन्स रिचार्ज गर्नपाउनु मोरो सौभाग्य
हुनेछ । बातचित आदानप्रधान गर्नुपरेमा
तिमीले मिसकल गर्न सक्ने व्यवस्था गर्नेछु ।
स्काइप, भाइबर, फेसबुक २४ घन्टा नै खुला
गरिने छ ।
९.श्रम र रोजगारी: तिमीबाट कुनै श्रम
गराइने छैन ।
१०.कला र साहित्य: तिम्रा लागि दैनिक
कविता लेखिने छ । तिमी प्रति समर्पित प्रेम
ट्विट गरिने छ ।
११.महिला: कुनै महिलालाइ नराम्रो दृष्टिले
हेरिने छैन ।
१२.बालबालिका: हालको अवस्थामा
बालबालिक बारे कुनै योजना तर्जुमा
गरिएको छैन ।
प्रिय! फेरी एकपटक तिमीले फैसला गर्ने समय
आएको छ । आफ्नो ब्वाइफ्रेन्ड कसलाइ चुन्ने ?
हो । पहिलोपटक मैले तिम्रो मन जित्न
सकिन । मबाट कमीकमजोरी भए । गल्ति त
अपराध होइन नि, गल्तिबाट नसिक्नु चाहीँ
अपराध हो । तर मैले आफ्नो गल्तिबाट
सिकेको छु । एकपटक फेरी मौका दिएर हेर ।
यसपाली तिमीलाइ निराश पार्ने छैन ।
यो प्रतिबद्धतापत्र अहिलेसम्मको मेरो प्रेम
संघर्ष, यसले निम्त्याएको उपलब्धी र
भविष्यको योजना समावेश गरिएको
दस्तावेज हो । म आपसी आत्मियता, स्थिर
सम्बन्ध र समतमूलक समृद्ध जिवन निर्माण गर्न
प्रतिबद्ध छु । त्यसैले आगामी Feb 14 को
भ्यालेन्टाइन्स डे मा मेरो प्रेम चिन्ह, पान
भित्रको हँसिया हतौडामा
स्नेहको छाप लगाएर प्रचण्ड बहुमतका साथ
मलाइ आफ्नो ब्वाइफ्रेन्डमा निर्वाचित गर्न
हार्दिक आग्रह गर्दछु ।

धन्यवाद !
(द्रष्टव्य: यस घोषडापत्रको ढाँचा दोस्रो
संविधानसभामा निर्वाचनको लागि कुनै
पार्टिद्वारा प्रयोग गरिएको
घोषणापत्रसँग मेल खाएमा संयोग मात्र हुनेछ
।)

by Abiral

Advertisements